संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुंग्याउन माओवादी नै बाधक : ओली


०८:०६ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने र विभिन्न बहाना बनाएर पन्छिने व्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन् । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आज (सोमबार) नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरूलाई प्रशिक्षण दिन आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन प्रचण्डले नै नचाहेको बताएका हुन् ।

‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन आग्रह गर्दा प्रचण्डले मान्नु भएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो,’ अध्यक्ष ओलीले भने, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटक–पटक भनें । द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरू हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरिदिन्छु । तर, उहाँले वास्ता गर्नु भएन ।’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन नेकपा (माओवादी केन्द्र) बाधक बनेको आरोप लगाएका छन् । राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको आरोप लगाए ।

उनले बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्ति प्रक्रियालाई अविलम्व टुङ्गाउनु पर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलि कुरा गरेको आरोप लगाएका छन् । राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे ।ड

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७