होलीका दिन हिजो मापसे गरी गाडी चलाउने ४२६ जना कारबाहीमा


०७:०४ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकामा हिजो (सोमबार) एकै दिन जाँडरक्सी खाएर (मापसे) गाडी चलाउने ४२६ जना कारबाहीमा परेका छन् ।

होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७