दार्चुलामा जीप दुर्घटना, ६ जना घाइते


०७:२६ बजे

दार्चुला । दार्चुलामा आज (मंगलबार) बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७