प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबारलाई तोकियो पेसी (पूर्णपाठ)


०७:३७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्नधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध आज (मंगलबार) सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् । यसअघि उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।

सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ ध्य–९४७ नम्बरमा दर्ता गरेको हो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले पर्सि (शुक्रबार) लाई पेसी समेत तोकिदिएको छ । उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठक लगत्तै सर्वोच्चमा दर्ता गरिएको हो ।

पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ । यसैबीच उक्त रिट सोमबार दर्ता हुने खबर पाएसँगै माओावादीका तत्कालीन घटकका सबै नेता एक ठाउँ जुटिसकेका छन् ।

पूर्णपाठ

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७