शक्ति बाँडफाँटबारे छलफल गर्न आठदलीय गठबन्धनको बैठक बस्दै


०७:१७ बजे

काठमाडौं । आठदलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) दिउँसो बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । यसैगरी बैठकले शक्ति बाँडफाँटको विषयमा समेत छलफल गर्नेछन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । हाल एमाले, राप्रपा र रास्वपाले छोडेका १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले लिएका छन् भने सरकारमा माओवादी र जनमत पार्टीमात्रै छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७