सबै सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन


०६:५५ बजे

काठमाडौं । आठ दलीय सत्ता गठबन्धन दलको बैठकले सांसदहरूलाई भोलि (बुधबार) सम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बुधबार बिहान ११ बजेसम्म सांसद्हरूलाई बुधबारसम्म उपस्थित हुन निर्देशन दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु भोलि बुधबारसम्म काठमाडौं आइपुग्नु पर्नेछ ।

बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन र गठबन्धनलाई थप बलियो बनाउने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिए । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उठाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७