मनीष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको ‘अवार्ड’


०७:५६ बजे

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भइरहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष युवा खेलाडीका फुटबलर मनिष डाँगीले जितेका छन् ।

आज (मंगलबार) प्रज्ञा प्रतिस्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टिमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारेका हुन् । उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जितेका छन् । युवा वर्ष खेलाडी चुनिएका उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।
मनीष डाँगी (फुटबल)

– अन्तर्राष्ट्रिय फुटबल ‘डेब्यु’ मा एसियाकै ‘हेभीवेट’ इराकविरुद्ध दर्शनीय गोल ।
– साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल ।
– मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७