अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षकको ‘अवार्ड’


२३ फाल्गुन २०७९, मंगलवार
Abdulla1678184368

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका छन् ।

आज (मंगलबार) प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारे । वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अल्मुताइरीसँगै क्रिकेट टिमका पूर्व प्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए ।

अब्दुल्लाह अल्मुताइरी (फुटबल प्रशिक्षक)
– नेपाललाई पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण, एसिया कपमा छनोटसम्म पु¥याउने प्रशिक्षक ।

– माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन योगदान दिने प्रशिक्षक ।

– दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अल्मुाइरीको प्रशिक्षणमा अफ्रिकी देश मोरिससलाई दुवै खेलमा पराजित गर्न सफल । नेपाल पहिलो पटक अफ्रिकी राष्ट्रसँग अन्तर्राष्ट्रिय फुटबलको श्रृंखला जित्न सफल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७