तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने दानबहादुर र मायादेवीलाई ‘स्पेसल अवार्ड’


०७:०० बजे

काठमाडौं । बजाज पल्सर स्पोर्टस् अवार्ड ०७८ को ‘स्पेसल अवार्ड’ दानबहादुर तामाङ र मायादेवी मोक्तानले जितेका छन् । भोजपुरका उनीहरू दुवै जना ब्याडमिन्टन खेलाडी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशल देवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।

नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल यी तीन जना दिदीभाइलाई सफलता दिलाउनका लागि दानबहादुर र मायादेवी पर्दा पछाडिबाट दिएको प्रेरणा स्वरुप उनीहरुलाई ‘स्पेशल अडार्ड’ प्रदान गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले विगत १८ वर्षदेखि यो अवार्ड आयोजना गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७