भलिवलकी उषाले जितिन् ‘पिपल्स च्वाइस अवार्ड’


२३ फाल्गुन २०७९, मंगलवार
Usha Bhandari

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना भइरहेको ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

उषाले ३८.०३२२ प्रतिशत मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितिन् । यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा उषा भण्डारीसँगै क्रिकेटका आसिफ शेख, लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र पैडीकी डुवाना लामा मनोनयनमा परेका थिए ।

अवार्डको दोस्रो स्थानमा रहेका अञ्जनले ३१.१४०२ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका आसिफले १४.९९७ प्रतिशत मत प्राप्त गरे । यस्तै, तेस्रो र चौथो स्थानमा रहेका अभिलाषा विष्ट र डुवाना लामाले क्रमशः ८.३२६७ र ७.५०८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७