इजिप्टमा रेल दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते


०७:३९ बजे

काठमाडौं । इजिप्टमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो ।

रेल कल्युब सहरको रेल स्टेसन प्लेटफर्ममा ठोक्किएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । घटनास्थलमा करिब २० वटा एम्बुलेन्स घाइतेहरुलाई सहयोग गर्न पुगेका थिए । इजिप्टका यातायात मन्त्री कामेल इल–वाजिरले दुर्घटना के कारणले भयो भन्ने पत्ता लगाउन आदेश दिएका छन् । सीएनएन

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७