चेल्सी र बेनफिका अन्तिम आठमा


२४ फाल्गुन २०७९, बुधबार
chelsea

काठमाडौं । इङलिस प्रिमियर लिग क्लब चेल्सीले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम ८ को यात्रा तय गरेको छ । यस्तै पोर्चुगलको बेनफिका पनि प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।

चेल्सीले जर्मनीको बोरुसिया डर्टमुन्डलाई दोस्रो लेगको खेलमा २–० ले हराएको हो । स्टायनफोर्ड ब्रिजमा प्राप्त यस जितसँगै चेल्सीले समग्रमा २–१ को अग्रता लियो । त्यसअघि पहिलो लेगको खेलमा डर्टमुन्ड १–० ले अगाडि थियो ।

घरेलु मैदानमा भने चेल्सीका लागि रहिम स्टर्लिङ र काइ हभार्टेजले गोल गरे । खराब समयबाट गुज्रिरहेको चेल्सीका लागि यो जित सिजनकै सबैभन्दा ठूलो सफलताका रूपमा रहेको छ र यसले व्यवस्थापक ग्राहम पोर्टरलाई पनि ठूलो राहत दिएको छ ।
बेनफिकाले भने बेल्जियमको क्लब ब्रुग्सलाई दोस्रो लेगमा ५–१ ले हराएर समग्रमा ७–१ को अग्रता लिन सफल रह्यो । पहिलो लेगमा बेनफिका २–० ले अगाडि थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७