डुंगा दुर्घटना हुँदा यमनमा २१ जनाको मृत्यु


०८:०९ बजे

यमन । यमनमा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो । उक्त डुंगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह् नजिकैको समुद्रमा डुंगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किदै गरेका स्थानीय नागरिक चढेको डुंगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए । डुंगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७