रास्वपाले राष्ट्रपतिबारे बिहीबार मात्रै निर्णय लिने


२४ फाल्गुन २०७९, बुधबार
rabi raswapa 2
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे भोलि (बिहीबार) मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
रास्वपा जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा भोट दिने उम्मेदवार अझै तय गरिसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७