‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित, पुलिस पराजित


०७:५८ बजे

काठमाडौँ । अमृत श्रेष्ठले इन्ज्युरी समयको निर्णायक गोलमा हिमालयन शेर्पाले आज (बुधबार) सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० मा पुलिसलाई १–० ले हराउँदै पहिलो जित हात पारेको छ । च्यासल मैदानमा अर्को खेलमा सातदोबाटोले एपीएफलाई १–० ले नै पराजित गर्न सफल रह्यो । उसले लगातार दोस्रो जित हात पारेको हो ।

दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला अमृतले पुलिसको पेनाल्टी एरियामा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए । त्यसअगाडि पहिलो हाफमा हिमालयन पेनाल्टीमा गोल गर्न चुकेको थियो । निशाल लिम्बूको प्रहार पुलिस गोलरक्षक सत्रुधन चौधरीले रोकेका थिए ।

यो जितपछि हिमालयनको दुई खेलबाट ४ अंक भएको छ । खराब सुरुआत लिएको पुलिसको भने यो लगातार दोस्रो हार हो र शून्य अंकमा रहेको छ । सातदोबाटोको जितमा विलियम असिडुले ५५ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोको दुई खेलबाट ६ अंक भएको छ । एपीएफ भने तीन अंकमै सीमित रह्यो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७