अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग इन्गेजमेन्ट, भोलि चितवनमा विवाह समारोह


०६:५४ बजे

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छन् । पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् ।

इन्गेजमेन्टको तस्वीर फेसबुकमा राख्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आर्शिवार्द दिनुहोला ।’

तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् । करिब ७ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गर्न लागेका हुन् । भोलि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ । उक्त समारोहमा परिवार र नजिकका आफन्तलाई मात्र डाकिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७