प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार भएन : मन्त्री शर्मा


०७:११ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छिन् । आज (बुधबार) ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

वर्तमान समयको अनिवार्य आवश्यकताको रूपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको उनको धारणा छ । सूचना तथा प्रविधिको विकासबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गए पनि प्रविधिको दुरुपयोगलाई रोकी साइबर सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्नेमा मन्त्री शर्माको जोड छ ।

‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच विस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरूको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ । प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन,’ उनले भनिन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७