राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय


०७:४३ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।

राप्रपाको आज (बुधबार) बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उनले भने । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामभन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पार्धामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७