नेपालले प्यालेस्टाइनलाई ६-० गोलले हरायो


०७:५८ बजे

काठमाडौं । सिनियर टोलीकी मिडफिल्डर दिपा शाही एक्लैले ४ गोल गर्दा नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोलीले एएफसी यू-२० महिला एसियन कप छनोटमा सानदार जित दर्ता गरेको छ ।

फैसल अल हुसेइनी रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६(०ले पराजित गर्यो । नेपालका लागि दिपा शाहीले ४ गोल गर्दा गरिमा राईले २ गोल थपिन् ।

खेलको २१ औं मिनेटमा दिपाले नेपाललाई अग्रता दिलाएकी थिइन् । गरिमाले २९ औं मिनेटमा उक्त अग्रता दोब्बर पारिन् । दीपाले त्यसपछि ६७ र ७५ औं मिनेटमा गोल गर्दै व्याक्त्तिगत ह्याट्रिक पूरा गरिन् । गरिमाले ८२ औं मिनेटमा अर्को गोल थप्दा दिपाले ८५ औं मिनेटमा गोल थप्दै ६(० को जित पक्का गरिन् ।

नेपालले अब दोस्रो खेलमा आइतबार नर्दर्न मारियाना आइल्यान्ड्सको सामना गर्नेछ । तीन टोली सम्मिलित यस समूहको विजेता उज्बेकिस्तानमा सन् २०२४ मा हुने एएफसी यू(२० महिला एसियन कपका लागि छनोट हुनेछ ।
प्यालेस्टाइनमा भइरहेको नेपाली टोलीमा गोलकिपरमा कविता विक, अन्य खेलाडिहरुमा सावित्री किसन, लिला जोशी, डिफेन्डरमा सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ छन् । त्यस्तै, मिडफिल्डरमा तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही, फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७