आजको राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै


२५ फाल्गुन २०७९, बिहीबार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले आजको राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । एक सांसदका अनुसार राष्ट्रपतिमा मत कुनै एक उम्मेदवारलाई हाल्नै पर्ने बाध्यकारी अवस्था नबनाउने पक्षमा रास्वपा छ ।

राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा सत्तारुढ आठ दलबाट नेपालीरण् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ प्रतिष्पधामा छन् । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरु हुँदैछ । आज साँझ मुलुकले नयाँ राष्ट्रपति पाउँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७