कामु प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथ


२५ फाल्गुन २०७९, बिहीबार
harikrishna karki
फाइल फोटो

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार नयाँ राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ प्रधानन्यायाधीशले गराउनु पर्छ । तर मुलुकमा राजनीतिक खिचातानीका कारण एक वर्षदेखि सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउन सकेको छैन । अहिले कायममुकायम प्रधानन्यायाधीश छन् ।

प्रधानन्यायाधीश हुने पर्खाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै नयाँ राष्ट्रपतिलाई शपथ गराउनुपर्ने भएको छ । यसअघि प्रधानन्यायाधीशले राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

संविधानविद् भीमार्जुन आचार्यले कायमुकायम प्रधानन्यायाधीशले राष्ट्रपतिलाई शपथ गराउँदा संविधान प्रतिकूल नहुने बताउँछन् । ‘यति लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीश राख्नु राम्रो होइन,’ उनले भने, ‘मुलुकका राष्ट्राध्यक्षको शपथ प्रधानन्यायाधशीबाटै गराउँदा राम्रो हुन्थ्यो । तर कायममुकायम प्रधानन्यायाधीशले शपथ गराउँदा पनि संविधानको प्रतिकूल भने हुँदैन ।’

संविधानको धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको शपथसम्बन्धी व्यवस्था छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिले प्रधान्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७