श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण


२५ फाल्गुन २०७९, बिहीबार
Shree
फाइल फोटो

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको झिल्को देखिएपछि काठमाडौंमा सकुशल अवतरण गरिएको छ । चालक दलका सदस्यले काठमाडौंबाट जहाज उड्ना साथ इन्जिनमा आगो देखिएको टावरलाई जानकारी गराएको थियो ।

लगत्तै टावरले काठमाडौं फर्कन चालक दललाई भनेपछि जहाज आकस्मिक अवतरण गराइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ड्ययन कार्यालय स्रोतका अनुसार केहीबेर अघि जहाज सकुशल अवतरण गरिएको छ । जहाजमा आगो लागेको सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७