राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेललाई मतदान गर्ने


२५ फाल्गुन २०७९, बिहीबार
rabi raswapa 2
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । रास्वपाको बिहीबार बसेको बैठकले पौडेललाई मतदान दिने निर्णय गरेको हो ।

रास्वपामा १९ सांसद् छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई बलियो बनाउन र व्यवस्थालाई रक्षा गर्ने भूमिका निर्वाह गर्ने व्यक्तिलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए। राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। बिहान १० बजेबाट मतदान जारी रहेको छ । यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७