ललितपुर महानगरपालिका शिक्षा अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई एक लाख घुससहित पक्राउ गरेको हो ।
उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । यसपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।