मनाङमा बेमौसमी हिमपात {तस्वीरहरु}

मनाङ । हिमाली जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँ चिसो बढेको छ भने जनजीवन कष्टकर बनेको छ । हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ । प्राकृतिक रूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यस पटक समय सकिएपछि हिमपात भएको छ । यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको छ ।

समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिइन् । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुशी भएका उनले बताइन् । मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ । हिमपातपछि यहाँका किसानमा खुशी छाएको उनले बताइन् ।

‘माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आजदेखि केही बाक्लो मात्रामा हिमपात भएको छ’, उनले भनिन् । ‘यस वर्ष हिमपात हुँदैन कि भन्ने डर लागेको थियो, केहि दिनदेखि अलि बढी हिमपात भएको छ, खुशी लागेको छ, हिमपात भएन भने उत्पादन नहुनुका साथै सुक्खापन आउनसक्ने सम्भावना थियो’, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङ भन्छन् ।