उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिताको पुगेन उमेर


२६ फाल्गुन २०७९, शुक्रबार
ranjita chaudhari

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरे पनि श्रेष्ठको उमेर योग्यता नपुगेको देखिएको छ । नेपालको संविधान २०७२ अनुसार उपराष्ट्रपति हुन कम्तिमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । तर, निर्वाचन आयोगको अद्यावधिक विवरणमा श्रेष्ठको उमेर ३९ वर्ष मात्रै देखिएको छ ।

संविधानको धारा ६९ मा व्यवस्था भएको उपराष्ट्रपति योग्यताअनुसार श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहरिएकी हुन् । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए । उनले भने, ‘यो पार्टीको निर्णय हो । उमेर अयोग्यता नपुगेको कुरा यथार्थ हो । पार्टीले निर्णय गर्न त पायो नि ।’

उनले पार्टीले विकल्पमा पनि छलफल गर्ने जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

umer
umer1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७