हिमपातपछिको मनाङ (तस्वीरहरू)

मनाङ । मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ र आसपासका क्षेत्रमा शुक्रबार हिमपात भएको हो ।
लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण जनजीवन कष्टप्रद भएको छ । हिमपातले कृषक भने खुशी भएका छन् । बेमौसमी हिउँले उत्पादन बढ्ने कृषक बताउँछन् ।



