उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


२८ फाल्गुन २०७९, आईतवार
uparastrapati ko umerdwar final

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर आज (आइतबार) जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ । आजै उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको समेत आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने अपरान्ह ४ बजेदेखि ५ बजेभित्र गर्ने कार्यतालिका रहेको छ ।

एक उपराष्ट्रपति पदका लागि १० दलीय गठबन्धनबाट तीनको उम्मेदवारी परेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट एकल उम्मेदवारी परेको छ । गठबन्धनबाट जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी एमालेबाट पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । उपराष्ट्रपति चयनका लागि आउँदो चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७