प्रहरीको हिरासत फोडेर भागेका थप एक जना पक्राउ


२८ फाल्गुन २०७९, आईतवार
Thunuwa Pakrau

धनुषा । धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका थप एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतको पर्खाल भत्काएर माघ १६ मा ६ जना थुनुवा भागेका थिए ।

हातहतियार र खरखजाना मुद्दामा अनुसन्धान भइरहेका ३६ वर्षीय शंकर सिंह महतोलाई पर्साको बीरगञ्जबाट पक्राउ गरिएको जिप्रका धनुषाका डीएसपी बेदप्रसाद गौतमले बताए । शंकर सिंह बीरगञ्जको इनर्वास्थित भन्सार नाका हुँदै भारततर्फ भाग्न लागेका थिए । भागेका थुनुवाहरुमध्ये एक जना अझै फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७