राष्ट्रपति पौडेलले त्यागे कांग्रेससँगको संलग्नता


२८ फाल्गुन २०७९, आईतवार
Ram chandra poudel 1 scaled
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् ।

पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७