राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई सर्‍यो


२८ फाल्गुन २०७९, आईतवार
Samsad 1 scaled

काठमाडौं । सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।
राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७