राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै


२९ फाल्गुन २०७९, सोमबार
Ramchandra poudel 2

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । पौडेलले शपथग्रहण शीतलनिवासमै लिने छन् ।

उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्ने छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।

संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७