डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद


१३ बैशाख २०७५, बिहीबार
jel 1

काठमाडौं, १३ बैसाख । वरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरणका मुख्य दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । jel 1

न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको संयुक्त इजलासले बुधबार अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।

देवकोटाकी छोरी अपहरणमा गोकुल राजेश क्षेत्री उपनामका गिरी गिरीसहित, केशव दर्लामी र राजु थापालगायत संलग्न थिए । यो समूहले ०६५ भदौमा डा. देवकोटाकै घरबाट उनकी छोरी मेघालाई अपहरणसँगै घरमा डकैती समेत गरेको थियो । त्यो बेला देवकोटाको घरबाट डेढ करोड बराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ फिरौती लिएर मुक्त गरेका थिए । डा. देवकोटाकी छोरीलाई ललितपुरको एक घरमा बन्धक बनाएर उनीहरूले फिरौती लिन सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७