उत्तर कोरियाले गर्‍यो दुई क्रुज क्षेप्यास्त्र परीक्षण


२९ फाल्गुन २०७९, सोमबार
north korea

सियोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको समयमा उत्तर कोरियाले दुई रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच वर्षयताकै सबैभन्दा ठूलो भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सोमबार बिहानै उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरूको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिएलगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु गरिएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेर्ने गरेको छ । रासस÷एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७