राष्ट्रपति पौडेलको पहिलो निर्णय : इजिप्टका लागि राजदूत नियुक्त


२९ फाल्गुन २०७९, सोमबार
ram chandra poudel 2
फाइल फोटो

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै राजदूत नियुक्त गर्दै पहिलो निर्णय गरेका छन् ।

उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय सूचाना जारी गर्दै जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७