राष्ट्रपति पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूको बधाई

दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त


२९ फाल्गुन २०७९, सोमबार
Ramchandra poudel draupati murmu

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले बधाई सन्देश पठाएकी छन् ।
यही २५ फागुनमा निर्वाचित भएका राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मूले शपथ लिएर कार्यभार सम्हालेपछि बधाई सन्देश पठाएकी हुन् । मुर्मूले भारतीय जनता, भारतीय सरकार र आफ्नो व्यक्तिगततर्फबाट पनि शुभकामना दिएको सन्देशमा उल्लेख गरेकी छन् ।

‘नेपालको राष्ट्रपति निर्वाचित भएकोमा भारतीय जनता र सरकारको तर्फबाट र मेरो आफ्नै तर्फबाट हार्दिक बधाई तथा सुशभकामना स्वीकार्न अनुरोध गर्दछु’, भारतीय राष्ट्रपति मुर्मूको सन्देशमा भनिएको छ, ‘घनिष्ठ र मित्रवत छिमेकीको रूपमा भारत र नेपालले सौहार्दपूर्ण र बहुआयामिक सम्बन्धको उपभोग गरिरहेका छौं । साझा सांस्कृति र जनता–जनताबीचको सम्बन्धले पछिल्ला धेरै वर्षहरूमा हामी दुई देशका जनतालाई पारस्परिक लाभ लिँदै हाम्रो सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरिरहेको छ ।’

उनले पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । ‘म हाम्रो द्विपक्षीय साझेदारीलाई बलियो र थप सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु’, मुर्मूले सन्देशमा भनेकी छन् ।

sandesh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७