सिकार खेल्न जाँदा साथीले बोकेको भरूवा बन्दुक पड्किँदा किशोरको मृत्यु


३० फाल्गुन २०७९, मंगलवार
35 Shares
death
सांकेतिक तस्वीर

सल्यान । सल्यानमा भरुवा बन्दुक पड्किँदा एक किशोरको ज्यान गएको छ । सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–९ स्वाराको बाहुनडाँडा जंगलमा सोमबार राति सिकार खेल्न गएको समयमा स्थानीय वर्ष ४० को आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किँदा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।

भरुवा बन्दुक पड्किँदा चित्रबहादुर रावतको पेट र घाँटीमा गोली लागेको थियो । गोली लागि घाइते रावतको उपचारका लागि प्रदेश अस्पताल कारागाउँ सुर्खेत लैजाँदै गर्दा बन्गाड कुपिन्डे नगरपालिका–७ वरघाट नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भरुवा बन्दुक बोकेका आइते रावत अहिले फरार रहेका र मृतकको लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गरेको प्रनि खनालले जानकारी दिए । स्थानीयले जानकारी गराएपछि अहिले घटनास्थलमा प्रहरी टोली पुगेर घटनाको अनुसन्धान भइरहेको, फरार भएका रावत र भरुवा बन्दुकको पनि खोजी भइरहेको उनको भनाइ छ । उनीहरु सोमबार बेलुकी सिकार खेल्न भन्दै गएका थिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७