ठगी आरोपित पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा


३० फाल्गुन २०७९, मंगलवार
84 Shares
Ptithibi shah jel 1

काठमाडौं । विदेशी नागरिकको रकम ठगी गरेको अभियोग लागेका पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सो आदेश दिएको हो ।

शाहसहित २० जनाविरुद्ध ठगी सार्वजनिक लिखत कीर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको छ । पक्राउ परेकाहरूलाई सोमबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता सञ्जयसिंह थापाले बाह्रखरीलाई जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र एकलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २२ पक्राउ गरेर अनुसन्धान थालेको थियो । यो प्रकरणमा अन्य १३ जना अझै फरार छन् ।

सीआईबीले शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित कीर्ते र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंमा प्रतिवादीको बयान गराउने र थुनछेक बहस भएको थियो । आरोपित २० जनामध्ये ७ जनालाई मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेको थियो। यो कसुरका मुख्य आरोपित अछामका पृथ्वीबहादुर शाह थिए ।

jagdamba.cement
rbbbb

यस्तै उनका भाइ विजयविक्रम शाह र बुबा देवेन्द्रबहादुर शाह पनि ठगी आरोपमा मुछिएका थिए । विजयसहित दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री, नवलपरासीका रुक्मांगत काफ्ले, अछामका रंगबहादुर साउद, भक्तपुरकी विनिता तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, विनोद सुन्दास, कैलालीका लक्ष्मण रेग्मी, काठमाडौंका सानु ठकुरी, अविन परियार, राजकुमार ठकुरी, दोलखाका सन्तोष पाण्डे, ललितपुरकी अन्जना रजक भण्डारी, बझाङका किशोर सिंह, तरुण शाह, नुवाकोटका शिवकुमार पाण्डे, अछामका देवेन्द्रबहादुर शाह अझै फरार छन् ।

यो घटनामा जोडिएका व्यक्ति पृथ्वीका आफन्त र उनले खोलेका २४ कम्पनीमा काम गर्ने कर्मचारी रहेको खुलेको थियो । उनले बयानका क्रममा अधिकांश रकम व्यवसायिक प्रयोजनका लागि ल्याएको बताए पनि केही रकमको स्रोत भने खुलाउन सकेका थिएनन् । उनका विभिन्न कम्पनी र व्यक्तिका नाममा २६ जनाको नाम र कम्पनीबाट रकम जम्मा गरेको खुलेको थियो ।

त्यो रकममध्ये साढे १३ लाख डलर भने बैंकमा रोक्का रहेको पाइएको छ । सीआईबीको अनुसन्धान प्रतिवेदन अनुसार एनसीसी बैंकमा १ लाख १७ हजार अमेरिकी डलर रोक्का छ। प्रभु बैंकमा १ लाख ९९ हजार ९७५ डलर र प्रभु बैंकमै अर्को व्यक्तिबाट आएको ४ लाख अमेरिकी डलर पनि रोक्का रहेको पाइएको थियो ।

कुमारी बैंकमा ३ लाख ५० हजार अमेरिकी डलर, एनएमबी बैंकमा १ लाख ४० हजार डलर र ग्लोबल बैंकमा ७९ हजार ५२५ अमेरिकी डलर रोक्का रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा उक्त रकम सम्बन्धित पीडितलाई नै फिर्ता पठाउने व्यवस्था गर्न माग गरिएको थियो ।

सीआईबीमा उजुरी दिएका अन्य व्यक्तिको ठगी भएको रकममध्ये प्रतिवादीहरुको खातामा रहेको १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँबाट र अपुग रकम यी प्रतिवादीको सम्पत्तिबाट भराउन माग गरिएको थियो । उनीहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अभियोग पत्रमा माग गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७