विशेष अदालतले फैसला गरेका चार मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विशेष अदालतबाट फैसला भएका सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस र रिसवत गरी चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जायसवाल र मेघनाथ रेग्मी प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । विशेषबाट विभिन्न मितिमा फैसलामाथि आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारले जनाएको छ ।