हेटौंडा उपमहानगरपालिकाका मेयरले राइफल देखाउँदै भैले कुटे


३ कार्तिक २०७४, शुक्रबार
hetauda meyar

काठमाडौं : हेटौंँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भैलो खेलिरहेको टोलीलाई राइफल देखाउँदै कुटपिट गरेका छन् ।
बिहीबार साँझ हेटौँडाको सिचाई टोलमा भैलो खेलिरहेका स्थानीयलाई मेयर महतले मदिरा खाएर त्यस्तो गरेको हो । सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो ।

hetauda meyar
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत

स्थानीय पूर्वप्रहरी हवल्दार राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेको समयमा महतले गेटमा लात्तले हान्दै भित्र छिर्न खोजे तर छिर्न नसकेपछि गेटको प्वालबाट बन्दुको नाल भित्र छिराएका थिए ।
भित्र गएर पनि मेयर महतले राइफल देखाएपछि भैलो खेल्नेहरुको भागाभाग भएको प्रतक्षदर्शीले बताए । घटनामा महतले १७ वर्षीय सुनिल राईलाई कुटपिट गर्दै भैलो टोलीले लगेका स्पीकरसमेत तोडफोड गरेको स्थानीयले बताए । महतले मादक पदार्थ सेवन गरेका कारण नै घटना भएको स्थानीयको आरोप छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७