३३ केजी सुन भित्रदा एयरपोर्टमा भन्सारका कर्मचारी थिएनन् ?

प्रहरीमात्र दोषी कि भन्सारका कर्मचारी पनि ?


१३ बैशाख २०७५, बिहीबार
tia costum

काठमाडौं, १३ बैशाख । साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउने काममा प्रहरीको मात्र भूमिका थियो ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय छ । तस्करी नियन्त्रण गर्ने मुख्य दायित्व भन्सारको हो । भन्सारका कर्मचारीहरु पनि सामान चेकजाँचमा हुन्छन् । तर प्रहरीलाई मात्र दोषी करार गरिएको छ । छानबिन गरी पक्राउ गरिएको छ ।

tia costum
भन्सारका कर्मचारीहरुलाई छानबिनको दायरामा किन ल्याइएको छैन ? गृहमन्त्री रामबहादुर थापा बादलले टनका टन सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रने गरेको सार्वजनिक मन्तब्य दिएका छन् । त्यो टनका टन सुन भित्रिदा भन्सारका कर्मचारी के हेरेर बसे ? प्रहरीको मिलेमतोमा मात्र त्यति धेरै सुन अवैध रुपमा भित्रन सम्भव छ ? यो कोणबाट पनि बहस हुन थालेको छ । विमानस्थलबाट अवैध रुपमा सुन भित्रनुमा प्रहरीलाई मात्र दोषी ठह¥याइरहेको बेला बरिष्ठ पत्रकार टीकाराम राईले सामाजिक संजाल फेसबुकमा प्रश्न गरेका छन्–‘के ३३ केजी सुन प्रहरीले मात्र एयरपोर्टबाट छिराएछन् ? त्यसबेला भन्सारका कर्मचारी एयरपोर्टमा थिएनन् रहेछन् क्या हो ?’

साढे ३३ किलो सुन विमानस्थलबाट भित्रदा त्यहाँका भन्सार प्रमुख को थिए ? भन्सारका कर्मचारी त्यो दिन ड्युटीमा को को थिए ? त्यसमा पनि छानबिन गर्नुपर्नेमा प्रहरीलाई मात्र दोषी देखाइएकोमा प्रश्न उठेको छ । जबकि यसअघि नवराज सिलवाल सीआइबी प्रमुख हुँदा भन्सार पार गरिसकेको ३३ किलो सुन बरामद भएको थियो । त्यो समयमा भन्सारका कर्मचारीहरु तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे टेक्निसियनहरू राजकुमार ढकाल र श्याम श्रेष्ठको मुख्य संलग्नता पुष्टी भएको थियो । उनीहरुमाथि छानबिन गरी मुद्दा दायर भएको थियो । तर अहिले साढे ३३ केजी सुुन प्रकरणमा भन्सारका कर्मचारीमाथि छानबिन नै गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७