स्कन्द गौतम वर्षको उत्कृष्ट फोटो पत्रकार, कुन विधामा कसलाई अवार्ड (सुचिसहित)


१३ बैशाख २०७५, बिहीबार
NFPJ Award 2074 6

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय फोटो पत्रकारिता सम्मान २०७४ बाट फोटो पत्रकार स्कन्द गौतम सम्मानित भएका छन् । नेपाल फोटो पत्रकार समुहले हरेक वर्ष प्रदान गर्न उत्कृष्ट फोटो पत्रकारको अवार्ड दी हिमालय टाइम्सका गौतमलाई प्रदान गरेका हुन् । उनले एक लाख रुपैयाँ र प्रमाणपत्रसहित अवार्ड हात पारे । उनी दैनिक जनजीवन फोटो पत्रकारिता विधाबाट उत्कृष्ट ठहरिएको थिए । NFPJ Award 2074 6

समुहले बिहिबार एक कार्यक्रममा सभामुख कृष्णबहादुर महराको उपस्थितीमा फोटो पत्रकारिताको १२ विधामा उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गरेको हो । सम्मानित उत्कृष्ट १२ पत्रकारलार्ई २५ हजार पुरस्कारसहित अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा राजनीतिक फोटो विधा तर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, स्वतन्त्र फोटो पत्रकारिता पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटो पत्रकारिताको पुरस्कारबाट कान्तिपुरका पंकज श्रेष्ठ हात पारे । खेलकुद विधाको उत्कृष्ट पाँच अन्र्तगत नयाँपेज डटकमका सहकर्मी प्रविन कुलुङ राई पनि परेका थिए ।

यसैगरी मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल, मोफसल फोटो पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका मनोज पौडेल, महिला फोटो पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्रीले पुरुस्कार हात पारे ।

यस्तै व्यवसायिक फोटो पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठ, क्रियाशिल फोटो पत्रकारिताको पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिल्वाल, अनलाइन फोटो पत्रकारिता विधा तर्फ प्रविन कोइराला र पर्यटन तथा संस्कृति फोटो पत्रकारिता तर्फ राजधानी दैनिकका शुशीलकुमार श्रेष्ठ पुरस्कृत भए ।

यस वर्षका लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिस्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई सम्मान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले जोखिमपुर्ण काम भए पनि फोटो पत्रकारले सत्यको उजागर गर्ने भएकाले आगामी दिनमा थप सफलताको कामना गरे ।

NFpj

उनले इतिहासको साक्षीका रूपमा रहने फोटोपत्रकारको मेहनत, कला र सीपको सम्मान गर्दै आगामी दिनमा थप सशक्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको उपस्थिती रहेको थियो ।

समाराेह तस्बिरहरू

NFPJ Award 2074 7

NFPJ Award 2074 3

NFPJ Award 2074 5

 

NFPJ AWARD 2074 15

NFPJ AWARD 2074 13

NFPJ AWARD 2074 14

NFPJ AWARD 2074 12

NFPJ AWARD 2074 11

NFPJ AWARD 2074 6

NFPJ AWARD 2074 7

NFPJ AWARD 2074 8

NFPJ AWARD 2074 9

NFPJ AWARD 2074 10

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७