उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै


२ चैत्र २०७९, बिहीबार
rabi raswapa 2
फाइल फोटो

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७