२०७९ चैत ३ गते शुक्रबारको तपाईको राशिफल

चैत कृष्ण दशमी पञ्चाङ्गः वरियान विष्टि / भद्रा उत्तरषाढा


३ चैत्र २०७९, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्यसिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउने छ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ, तर साँझमा साथीको सहयोग पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७