बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध


३ चैत्र २०७९, शुक्रबार
tiktok smart khbar

काठमाडौं । बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो ।

प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको सुरक्षा’ लाई गम्भीरतापूर्वक लिएको बताएका थिए । सन्डे टाइम्सले गएको हप्ता नै साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिसको सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ । आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको खबरमा उल्लेख छ ।

अमेरिकाले टिकटकको शेयर चीनले बेचेन भने प्रतिबन्ध लगाउने चेतावनी दिएको बीबीसीले जनाएको छ । तर चिनियाँ विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई अनुचित रूपमा दबाउने काम बन्द गर्न आग्रह गरेको छ । वी आर सोसल मार्केटिङ्ग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ टिकटक विश्वमा छैटौं सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७