चलचित्र ‘जय हो’ को प्रदर्शन मिति सार्वजनिक


३ चैत्र २०७९, शुक्रबार
jaya ho

काठमाडौं । अर्पण थापा, सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘जय हो’ प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भदौ ८ गतेबाट हुने भएको छ ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी लगायतको समेत अभिनय रहेको छ । टेक पौरखी राईको निर्देशनमा बन्न लागेको चलचित्रमा कमेडी, एक्सन र लभस्टोरी जनरामा निर्माण गरिने भएको छ ।

चलचित्रको आइतबारदेखि छायांकन सुरु हुँदैछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ । द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्तप्रकाश अधिकारी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७