रुग्ण आयोजना अनुगमन गर्दै मन्त्री श्रेष्ठ भैंसेपार्टीदेखि बालाजुसम्म

‘देशभरका सडकमा बाह्रै महिना गाडी चलाउन सक्ने गरी काम गर्छु’


३ चैत्र २०७९, शुक्रबार
Narayankaji 2

काठमाडाैं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन् ।

आज (शुक्रबार) भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताएका हुन् । उनले सडक व्यवस्थित बनाउने अभियानअन्तर्गत नै भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिबद्धता जनाए । उनले भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद, खानेपानी निर्माण र तार भूमिगत गर्ने कामका कारण समस्या रहेको उल्लेख गरे ।

Narayankaji 3

उनले भने, ‘सरकारको नयाँ रणनीतिक महत्द्धवका राष्ट्रिय राजमार्ग र सडकहरूमा कतिपय ठेक्का भएका छन् । कतिपय ठेक्का हुन बाँकी छन् । ठेक्का भएर पनि काम नभएका आयोजनाहरू पनि रहेका छन् । ठेकेदारको ढिलाइ र जग्गा मुआब्जा विवादका कारण सडक कालोपत्र गर्न सकिएको छैन । अदालतको आदेश भएको ठाउँमा त्योविरुद्ध सरकार जान सक्दैन । तर स्थानीयहरूको आफ्नै गुनासो छ । सडकको कालोपत्र सरकारले गराउँछ । अहिले भएका समस्याहरू समाधान गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने अन्तर्गत व्यवस्थित सडक बनाउनु सरकारको कर्तव्य हो ।’

Narayankaji 1

मन्त्री श्रेष्ठले सरकारले चाँडै अदालत, अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताएका छन् । उनले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भूमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने उल्लेख गरे । उनले काठमाण्डौ उपत्यका र उपत्यकाबाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिइएको बताए ।

मन्त्री श्रेष्ठले सडक निर्माणमा कतिपय ठेकेदारको लापर्बाहीले गर्दा काम सम्पन्न नहुने तथा जग्गा मुआब्जा विवादका कारण सडक कालोपत्र गर्न नसकिएको स्वीकार गरे । उनले भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७