अस्ट्रेलियासँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी


४ चैत्र २०७९, शनिबार
india SIPcefBfwM

काठमाडौँ । अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गए रातिको खेलमा भारत ५ विकेटले विजयी भयो ।

जितसँगै भारतले तीन खेलको एक दिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १८८ रन बनाउँदा अलआउट भएको थियो । उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३-३ विकेट लिए । दुई देशबीचको दोस्रो एकदिवसीय खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७