घूस रकमसहित सब–इन्जिनियर पक्राउ

काठमाडौं । महानगरपालिकाका एक सब–इन्जिनियर घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले महानगरपालिका वडा नम्बर २८ मा कार्यरत सब–इन्जिनियर प्रविन बिकलाई पक्राउ गरेको हो ।
बिकले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घूस माग गरेको सूचना उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट रु १५ हजार घूस लिइसकेको अवस्थामा उक्त रकमसहित महानगरपालिका वडा नम्बर १४ को कार्यालयबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।