संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा राप्रपाको आपत्ति, फरक मत राख्ने


४ चैत्र २०७९, शनिबार
raprapa
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।
सिंहदरबारमा आज (शनिबार) बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उनको भनाइ छ । बैठकले संसदीय दलको विधान पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । बैठकले संघ र प्रदेशका सांसदहरूलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७